मुख्यमन्त्री राईलाई मातृशोक

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ४०
मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौँ । प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ । 

राईकी आमा ८४ वर्षीया आमा धनकुमारी राईको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि विराटनगर ल्याइएको थियो ।

उनको अन्तिम संस्कारका लागि आजै भोजपुर लगिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस