सर्लाहीमा २ लाख नगद सहित १२ जुवाडे पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ३९
सर्लाहीमा २ लाख नगद सहित १२ जुवाडे पक्राउ

सर्लाही । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् । हरिवन नगरपालिका(२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् ।

प्रतिक्रिया दिनुहोस