बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १० : ४०
बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँ कायम भएको छ ।  

तेजाबी सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा पाँच रुपैयाँले बढेर ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस