साउदी अरेबियाविरुद्ध रसियाको दुई गोल

सूर्यप्रकाश कँडेल

विहीबार, ३१ जेठ २०७५, २१ : ३८
साउदी अरेबियाविरुद्ध रसियाको दुई गोल

चितवन । रसियामा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेबियालाई शुन्यका विरुद्ध दुई गोल गरेको छ । खेलको पहिलो हाफ सकिँदासम्म रसिया २–० गोलले अगाडि छ ।
रसियाको लागि खेलको १२ औँ मिनेटमा जर्सी नम्बर ८ का लुरे गजिन्स्काईले पहिलो गोल गरेका छन् । रसियाका खेलाडी जर्सी नम्बर ६ का डेनिस चेरिसेभले खेलको ४४ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई २–० को अग्रता दिलाएका हुन् । खेल जारी छ ।

प्रतिक्रिया दिनुहोस