काठमाडौं । सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ। उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित सिसौली जंगलमा हात्ती मृत फेला परेको हो।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो । डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए।
जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टरसहित कोशी टप्पु वन्यजन्तु आरक्षका प्रतिनिधिहरूसहित पोस्टमार्टममा पुगेका थिए।
उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केही दिनअघि नै मृत्यु हुनसक्ने अनुमान गरिएको थियो। हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टमसहित अनुसन्धान अघि बढाएका छौँ। मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआइकन भन्न सकिँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु