काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो ।
पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो । भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घटिसकेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेको हो । यससँगै, आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?