चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट लड्ने

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १९ : ३९
चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट लड्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने भएका छन् । शनिबार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ–१ बाट उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको हो । 

यस्तै उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट संघीय निर्वाचनमा भाग लिने गरी निर्णय भएको छ । बैठकमा  विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचीमाथि पनि छलफल भएको केसीले जानकारी दिए । जसबारे आवश्यक निर्णय भएको र क्रमशः सार्वजनिक गर्दै जाने केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस