काठमाडौं । यो साता नेप्से सुचक तथा कारोबार रकम दुबै नै घटेका छन् । नियमित कारोबारको लागि नेप्से सातामा छ कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये दुई दिन झिनो अंकले बढेको नेप्से बाँकी चार कार्य दिन भने लगातार घटेको थियो ।
नेप्सेको यो घटाईले सुचक तथा कारोबार रकम दुबैमा दबाव परेको थियो । सोही आधारमा नेप्से १९ सय ७० दशमलव ६२ अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३ सय ८३ दशमलव २० अंकमा खुम्चिन पुग्यो ।
सातामा २ सय २६ वटा कम्पनीहरुको १ लाख ६२ हजार ९ सय ३६ पटक सेयर कारोबार भएको छ । जसबाट यो साता २ करोड १२ लाख ४५ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम ७ अर्ब ५५ करोड ४३ लाख ५८ हजार ९ सय २४ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो । गत साता ९ अर्ब ६४ करोड ५३ लाख ९७ हजार ७ सय ५५ रुपैंयाँको सेयर कारोबार भएको थियो । उक्त साता २ सय २३ वटा कम्पनीहरुको १ लाख ९६ हजार १ सय ७३ पटकको कारोबारमा २ करोड ६१ लाख २ हजार ४ सय ४७ कित्ता सेयर किनबेच हुंदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
नियमित कारोबारको लागि खुल्ला रहेको छ कार्यदिन मध्ये दोस्रो र तेस्रो दिन झिनो अंकले बढेपनि पहिलो, चौथौं, पाँचौं र छैठौं दिन नेप्से लगातार घटेको थियो । जसमध्ये पहिलो दिन ३३ दशमलव ३६ अंकले घटेर एक हजार नौं सय ८९ दशमलव २६ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन भने तीन दशमलव ७६ अंकले बढेर एक हजार नौं सय ९३ दशमलव दुई अंकमा चढ्न सफल भएको थियो । तेस्रो दिन पनि दुई दशमलव ३३ अंकले बढेर एक हजार नौं सय ९५ दशमलव ३४ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन भने २१ दशमलव ९७ अंंकले घटेर एक हजार नौं सय ७३ दशमलव ३८ अंकमा खुम्चिएको थियो । यसैगरी पाँचौं दिन एक दशमलव शुन्य आठ अंकले घटेर एक हजार नौं सय ७२ दशमलव २९ अंकमा खुम्चिएको नेप्से छैंठो दिन पुन एक दशमलव ६७ अंकले घटेर १९ सय ७० दशमलव ६२ अंकमा सिमित हुन पुगेको छ ।
पहिलो दिन छ दशमलव पाँच अंकले घटेर तीन सय ८५ दशमलव ७० अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने एक दशमलव ७६ अंकले बढेर तीन सय ८७ दशमलव ४६ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पनि एक दशमलव ४९ अंकले बढेर तीन सय ८८ दशमलव ९५ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने चार दशमलव ३६ अंकले घटेर तीन सय ८४ दशमलव ५९ अंकमा झरेको थियो । यसैगरी पाँचौं दिन शुन्य दशमलव ६६ अंकले घटेर तीन सय ८३ दशमलव ९३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स छैठौं दिन पुन शुन्य दशमलव ७४ अंकले घटेर तीन सय ८३ दशमलव २० अंकमा खुम्चिन पुगेको छ ।
यो साता शिवम सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संंख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, ११ : ३६
लेखकबाट थप