काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।
५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभाको बैठक आज बस्दै
राष्ट्रियसभा बैठक आज, पाँच कार्यसूचीमा छलफल
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची