मालपोत तथा नापी कार्यालयमा जनताले सहज सेवा पाउँदैनन्ः मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १९ : २३
मालपोत तथा नापी कार्यालयमा जनताले सहज सेवा पाउँदैनन्ः मन्त्री श्रेष्ठ

वीरगञ्ज। वीरगञ्ज  मालपोत तथा नापी कार्यालयमा जनताले सहज र बिना झन्झट सेवा पाउन नसकेको भूमि  व्यवस्था तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले बताएकी छन्।

बाराको सिम्रौनगढ नगरपालिकामा स्थापना भएको मालपोत कार्यालयको उदघाटन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले मालपोत र नापी कार्यालयमो तत्कालै हुनुपर्ने काम पनि समयमा हुन नसकेका कारण जनताले सहज र बिना झन्झट सेवा पाउन नसक्दा सास्ती खेप्नु परेको बताइन्।

‘जनताले मालपोत नापी कार्यालयमा जाँदा सहज सेवा नपाउनु,तत्काल हुने काम पनि समयमा नहुनु झन्झट हुनु भन्ने कुरा हामीलाई पनि अनुभूति भएको छ,’ उनले भनिन्, ‘यस्ता थुप्रै खालका काममा झन्झट झेल्नुपर्नु,कर्मचारी सेवा दिन बसेका हुन्छन् तर सेवा दिनेहरु मालिकको रुपमा भएका छन्।’

आमजनताले बिना झन्झट तत्कालै सेवा पाउन भनेरै अहिले अनलाइन प्रबिधीकै मालपोत र नापी कार्यालयमा अनलाईन प्रबिधिसित जोडिएको मन्त्री श्रेष्ठले बताईन।अनलाईन प्रबिधिको परिणाम स्वरुप सिम्रौनगढमा मालपोत कार्यालय स्थापना हुनुलाई लिन सकिने उनको कथन थियो।

जनताको प्रत्यक्ष जीवनसित जोडिएको भूमि  व्यवस्था मन्त्रालय भएका कारण जनतासित जोडिएरै काम गर्न आफूहरुले चाहेको कुरा मन्त्री श्रेष्ठले बताइन्। भाषणमा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ‘ भन्ने तर आफ्नै आँखाअगाडि भ्रष्टाचार भएको हेरेर बस्नु देशका लागि दुःखको कुरा भएको उनको भनाइ थियो।

वर्तमान सरकार संविधानको रक्षाका सँसँगै नागरिकका हरेक प्रकारका हक अधिकार कार्यान्वयन गर्न प्रतिबद्ध रहेको श्रेष्ठले जिकिर गरिन।उनले आफूहरु भाषण,घोषणापत्र र लेखाईमा मात्रै नभई नागरिकले प्रत्यक्ष रुपमा प्रत्याभुत गर्न सकने गरी कार्य गर्न लागि परेको पनि बताइन्।

सिंहदरबार घरघरमा आउने कुरा धेरै कागजमा लेखिए पनि जनताले पछिल्लो समय त्यसको प्रत्याभूति गर्न नसकेको कुरा उठ्दै आएकाले भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भने सिंहदरबार घरघरमै आएको भन्ने कुरा गरेर देखाउने प्रतिबद्धता मन्त्री श्रेष्ठले ब्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस