काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् ।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ । त्यसै गर्दा राम्रो हुन्छ भन्नुभयो ।’
जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका छन् । ‘प्रधानमन्त्री केपीजी हुँदा सहमति बनेकै विषय हो । राज्य व्यवस्था समितिमा विवाह गरेर आउनेको हकमा ७ वर्षको प्रावधान बनाएको थियो । विधेयक संसदमा ल्याउन ओलीजीलाई धेरै पटक दबाब दिइयो । सरकारले लग्दै लगेन’ प्रचण्डको भनाई उदृढ गर्दै ती माओवादी नेताले भने, ‘पछि ओलीजीले संसद विघटन गर्नुभयो । त्यहीँ विधेयकलाई ओलीजीले अध्यादेश मार्फत ल्याउनुभयो । अहिले हामीले ओलीजीले जे ल्याउनुभयो । त्यहीँ विधेयक ल्यायौ ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको प्रचण्डले प्रष्ट पारेका छन् । जन्मसिद्धका आधारमा सबैका छोराछोरीले नागरिकता पाउन नागरिकता विधेयक पास हुनुपर्ने प्रचण्डले जोड दिएको ती नेताले बताए । अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए । अहिले नागरिकता विधेयक राष्ट्रियसभामा पुगेर अड्किएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने