प्रदेश १ काे प्रदेशसभा बैठक शुक्रबार बस्ने

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १२ : ४०
प्रदेश १ काे प्रदेशसभा बैठक शुक्रबार बस्ने

काठमाडाैँ  । प्रदेश नं १ को प्रदेशसभाको १० औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ। बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस