गुणस्तरहिन दाना उत्पादन गर्ने अनमोल फिड्स प्रा.लि लाई किन भएन कारवाही ?

प्रकाश सिग्देल

सोमबार, १३ भदौ २०७९, १२ : ५३
गुणस्तरहिन दाना उत्पादन गर्ने अनमोल फिड्स प्रा.लि लाई किन भएन कारवाही ?

चितवन । पशुपन्छीका लागि दाना उत्पादन गर्ने चितवनका प्रतिष्ठित व्यवसायीको उद्योगले उत्पादन गरेको कुखुराको दाना गुणस्तरहिन भेटिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर चितवनले गरेको अनुगमनका क्रममा चितवनका नाम चलेका व्यवसायीहरुको समुहले संचालन गरेको भरतपुर ५ मा रहेको अनमोल फिड्स प्रा.लिले उत्पादन गरेको दाना गुणस्तर हिन भएको भन्दै मुद्धा दायर भएको हो । केन्द्रीय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला बबरमहल काठमाडौंमाा दानाको गुणस्तर भए नभएको जाँच गर्दा कैफियत देखिएपछि २०९७ जेठ १० गते जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्धा दायर भएको थियो । तर प्रशासनले अहिले सम्म मुद्धा टुगो नलगाएको कार्यालयका प्रमुख घननाथ अधिकारीले बताए ।

उनका अनुसार  आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका ५ वटा दाना  उद्योगविरुद्ध मुुद्धा दायर भएको छ । अनमोल फिड्स संगै चिनिया लगानी रहेको न्यू होप एग्रो विजनेस प्रा.लि चितवन, वेल होप एग्रीटेक प्रा.लि, आरआर फिड्स प्रालि र एपोलो फिड्स प्राली भरतपुरले उत्पादन गरेको दाना पनि गुणस्तर हिन भेटिएको हो ।दाना उद्योगहरुले दाना पदार्थको गुणस्तर मापदण्ड पुरा नगरेको दानामा चिसोको मात्रा बढि पाईएको र प्रोटिनकोे मात्रा कम पाईएकाले उनिहरुमाथि मुद्धा चलाइएको हो ।

मुद्धा दर्ता गरिएका खाद्य तथा दाना उद्योगहरु मध्ये हालसम्म आरआर फिड्स प्रालि लाई ४० हजार,न्यू होप एग्रो विजनेस प्रा.लि लाई ३० हजार जरिवाना तिराउनुका साथै आगामी दिनमा गुणस्तर कायम गर्नका लागि सचेत गराइएको छ । मुद्धा दायर गरिएका अनमोल फिड्स प्रा.लि , वेल होप एग्रीटेक प्रा.लि, र एपोलो फिड्स प्रा.लिको मुद्धा फैसला भएको बनेर आफुलाई जानकारी नआएको अधिकारी बताउँछन् ।  त्यस्तै खाद्य पदार्थ तर्फ रत्ननगर नगरपालिका वडा नं ११ मा रहेको केसी राईस मिल, खैरहनी नगरपालिका वडा नं. ६ मा रहेको मायादेवी राइस मिल, भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको लक्ष्मी पाउरोटी उद्योग विरुद्ध २०७८ माघ १६ गते मुद्धा दायर गरिएको अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस