काठमाडौं । नेकपा एमालेले विधेयक बनाउने प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिने बताएको छ ।
सरकारले ल्याएको विधेयकमाथि संसदमा सोमबार भएको छलफलमा एमाले सांसद ज्ञवालीले संसदको कार्यालय सकिन लागेको बेला विधेयक ल्याएकोमा प्रश्न उठाए । उनले भने, ‘टुंग्याउनका लागि ल्याइएको हो वा देखाउन ? मेरो मनमा उठेको छ ।’
यो विषय संवेदनशील भएको भक्न्दै उनले यसको प्रक्रिया विश्वसनीय हुनुपर्ने बताए । ‘प्रक्रिया विश्वसनीय भएन भने यो विषय गिजोलिने छ भन्ने स्पष्ट पार्न चाहन्छु’ एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले भने, ‘द्वन्द्वरत पक्ष सरकारमा छन् । दुई थरि मिलेर मिचमाच पार्न थाल्यो भन्ने सन्देश जान्छ ।’
हिजोको द्वन्द्वरत पक्ष (कांग्रेस-माओवादी) सरकारमा रहेको र उनीहरुलाई यो विधेयक नचाहिएको भन्दै उनले पीडितहरुलाई वेवास्ता नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष