काठमाडौं । नेकपा एमालेले विधेयक बनाउने प्रक्रिया विश्वसनीय नभए संक्रमणकालीन न्यायको प्रक्रिया थप गिजोलिने बताएको छ ।
सरकारले ल्याएको विधेयकमाथि संसदमा सोमबार भएको छलफलमा एमाले सांसद ज्ञवालीले संसदको कार्यालय सकिन लागेको बेला विधेयक ल्याएकोमा प्रश्न उठाए । उनले भने, ‘टुंग्याउनका लागि ल्याइएको हो वा देखाउन ? मेरो मनमा उठेको छ ।’
यो विषय संवेदनशील भएको भक्न्दै उनले यसको प्रक्रिया विश्वसनीय हुनुपर्ने बताए । ‘प्रक्रिया विश्वसनीय भएन भने यो विषय गिजोलिने छ भन्ने स्पष्ट पार्न चाहन्छु’ एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले भने, ‘द्वन्द्वरत पक्ष सरकारमा छन् । दुई थरि मिलेर मिचमाच पार्न थाल्यो भन्ने सन्देश जान्छ ।’
हिजोको द्वन्द्वरत पक्ष (कांग्रेस-माओवादी) सरकारमा रहेको र उनीहरुलाई यो विधेयक नचाहिएको भन्दै उनले पीडितहरुलाई वेवास्ता नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प