विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा एक सय सिटभन्दा कम सिटमा नेपाली कांग्रेसले गठबन्धन गर्न नसक्ने बताएका छन् ।
विराटनगरमा काँग्रेस क्षेत्रीय समिति मोरङ ६ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कुनै पनि क्षेत्रमा काँग्रेस नछुट्ने गरी गठबन्धन गर्नुपर्ने बताए ।
उनले स्थानीय तहमा भएको गठबन्धन सही या गलत जे भएपनि परिणाम राम्रो आएको बताए । नेता कोइरालाले गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै भएको हुनाले अव काँग्रेसलाई बलियो बनाउन सबै क्षेत्रमा काँग्रेसको उम्मेदवार हुनुपर्ने बताए ।
उनले पार्टीभित्र बेथिति थपिँदै गएको यो बेथिति अन्त्य गर्न अहिलेको नेतृत्वले ध्यान नदिएको आरोप समेत लगाए ।प्रदेश नं १ को नमाकरण नभएका कारण राजनीतिक क्षेत्रको बदनाम भएको धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य, रुकमणी कोइराला, प्रदेश नंः १ का प्रदेश सांसद चुमनारायाण तवदार, महाधिवेशन प्रतिनिधि प्रमिला गच्छदारलगायतले शुभकामना मन्तव्यत दिइएको थिए । नेपाली कांग्रेसले आगमी मंसिरमा हुने निर्वाचनको तयारीका लागि प्रशिक्षण कार्यक्रम सुरुवात गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल