काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन भेटिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ