दाङ। भरुवा बन्दुकसहित प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ। राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ वर्षीय रामबहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।
चौधरीलाई गढवा गाउँपालिका–७ स्थित ज्योति सामुदायिक वन सिकार खेल्न गएका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ।
चौधरीको साथबाट अवैध रुपमा रहेको एक थान भरुवा बन्दुक, २ वटा फलामको छर्रा र १ वटा गोली कपडाको टुक्रा र कालो रङको बारुदजस्तो धुलो पदार्थ बरामद भएको छ। भरुवा बन्दुकमा प्रयोग हुने फलामको गोली थान –१९, फलामका साना ठुला छर्रा थान–१२६ , कपडाको सानाठूला टुक्रा थान–१२, गोल्डी हिंग लेखिएको सानो प्लाष्टिक डिब्बा भित्र केप थान–४ , २ वटा प्लाष्टिक डिब्बामा कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ अन्दाजी २०० ग्राम समेत बरामद गरेको प्रवक्ता गौतमले बताए ।
चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको दाङ प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ