बिद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बिद्यालय बन्द

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, ११ : ०५
बिद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बिद्यालय बन्द

बाग्लुङ । बाग्लुङमा बिद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार बिद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थालेपछि बिद्यालय बन्द गर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस