काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ ।
यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै
माथिल्लो मैलुङकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन
भिजन लुम्बिनी ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट