काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा एक सय सिटभन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन्।
अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानुपरेकोसमेत उनले बताए। कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर, परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो।’
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सुन्दरहरैंचामा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डा. कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे। उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु, डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी : 'प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो'
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
कर्मचारीमा कम्तिमा २ वर्षको कुलिङ समय राख्नुपर्छ : शेखर कोइराला
ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो होला जस्तो छ : शेखर कोइराला