काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन्।
माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि शनिबार बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले राम्रो गर्ने प्रचण्डले बताए।
‘पहिलो कुरा, स्थानीय चुनावमा गठबन्धनको तालमेल भन्याजस्तो नभए पनि गठबन्धनले र गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संविधानसभापछिको ठूलो सफलता मान्नुहोला। यो त ठूलो दुर्घटनाबाट देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो रह्यो,’ प्रचण्डले भने, ‘तर, आपसमा तालमेल चाहिँ भन्याजस्तो भएको थिएन। त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्दैछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य