काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन्।
माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि शनिबार बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले राम्रो गर्ने प्रचण्डले बताए।
‘पहिलो कुरा, स्थानीय चुनावमा गठबन्धनको तालमेल भन्याजस्तो नभए पनि गठबन्धनले र गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संविधानसभापछिको ठूलो सफलता मान्नुहोला। यो त ठूलो दुर्घटनाबाट देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो रह्यो,’ प्रचण्डले भने, ‘तर, आपसमा तालमेल चाहिँ भन्याजस्तो भएको थिएन। त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्दैछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा
रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान