काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।नेवा समुदायको आस्थामाथि चोट पुर्याएको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।
आफ्नो समुदायको अवस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै शनिबार नेवा समुदायका अभियन्ताले सिंहविरुद्ध उजुरी दिएका हुन् ।सिंहले नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप लगाउँदै ८५ जनाले उजुरी दिएका हुन् । उजुरीमा मतियार बनेकालाई पनि कारबाही माग गरिएको छ । प्रहरीले आज शनिबार भएकाले उजुरी दर्ता नगरेको बताएको छ ।
यता, कमेडियन सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत माफीसमेत मागेका छन् । उनले आफ्नो उद्देश्य कसैलाई चोट पुर्याउने नरहेको बताएका छन् । विरोध भएपछि कमेडी क्याफेको युट्युब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको उक्त भिडियो हटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १४ : ५२
लेखकबाट थप