समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईँ

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १४ : ३८
समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चापागाईँ

काठमाडौं । नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी दिए । संगठनको उपाध्यक्षमा ईश्वर अधिकारी, बलबहादुर रम्तेल, ओमनारायण महतो, लोकेन्द्रकुमार अधिकारी, नुरि मिकरानी, नागमा कादरी मिकरानी रहेका छन्।

प्रतिक्रिया दिनुहोस