काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सोझै २५ अर्बको सरकारी ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स साँझै खरिद बोलकबोल गर्ने भएको हो ।
बैंकको सूचनाअनुसार बिहीबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । बिलको बिक्री भने भदौ १० गते शुक्रबार हुनेछ । इच्छुक खरीदकर्ताले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन लिन सक्नेछन् ।
प्रतिस्पर्धात्मक प्रणालीबाट कट अफ मूल्यमा बोलकबोल हुने ट्रेजरीका लागि खरिदकर्ताले न्यूनतम ५ करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि माग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै