काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।
विभिन्न मिडियामा कांग्रेसका नेतालाई उदृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हन् । ‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललिपप होईन ।’
उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् । ‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ : गोकुल बाँस्कोटा
‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'