काठमाडौँ । नेपाल बिजनेस समिट २०२६ काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त आयोजनामा गरिएको हो।
समिटमा मुख्य वक्ताका रूपमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारलाई आर्थिक तथा शासन प्रणालीमा रूपान्तरण गर्ने स्पष्ट जनादेश प्राप्त भएको उल्लेख गर्दै त्यसअनुसार नीति कार्यान्वयन भइरहेको बताए। उनका अनुसार सार्वजनिक र निजी दुवै क्षेत्रमा परिवर्तनको प्रभाव देखिने गरी काम अघि बढाइएको छ।
उनले सरकार सामाजिक विकासलाई समान अवसरको आधारमा अघि बढाइरहेको उल्लेख गर्दै ऊर्जा क्षेत्र र डिजिटल सम्पर्कतालाई दीर्घकालीन विकासका आधार स्तम्भका रूपमा प्रस्तुत गरे। साथै, निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै सरकार पूर्ण रूपमा लगानीमैत्री रहेको धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १३ : ३१
लेखकबाट थप