प्रधानमन्त्री देउवा भेट्न ओली बालुवाटारमा, भेटवार्ता जारी

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १० : ०२
प्रधानमन्त्री देउवा भेट्न ओली बालुवाटारमा, भेटवार्ता जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरू बालुवाटार गएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन्। उनीहरूबीच अहिले भेटवार्ता जारी छ।

स्रोतका अनुसार नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको बताइरहेका थिए। चुनावको मिति घोषणा गर्दा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको थियो।

तर सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीलाई टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस