काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ । मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारेका हुन् ।
उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताए । उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनले बताए ।
उनले भने, ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ । तर, हामी के भन्दैनौ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहाँदैनौ । हामी एक्लैले चुनाव जित्नसक्छौँ ।’
उनले थपे, ‘चुनाव लड्नुपर्छ । चुनौतीको सामना गर्नुपर्छ । हाम्रो यो अभियानमा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताको यो अभियानमा, देशलाई बचाउने, लोकतन्त्रलाई सुदृढ गर्ने यो अभियानमा, गणतन्त्रलाई कार्यान्वयन गर्ने अभियानमा जो जो हामीसँग एजेण्डा मिल्छ नि उ सँग आउने । बलजफ्ती हामीसँग मिल्न आउ भन्ने परिस्थिति हुँदैन ।’
स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको बताए । त्यस्तै पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा(एमाले) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प