मन्त्रिपरिषदद्वारा ५८४ जना अस्थायी कर्मचारी राख्ने गरी दरबन्दी स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १६ : १२
मन्त्रिपरिषदद्वारा ५८४ जना अस्थायी कर्मचारी राख्ने गरी दरबन्दी स्वीकृत

काठमाडौँ  । मन्त्रिपरिषद्को बैठकले ५८४ जनालाई अस्थायी दरबन्दीमा राख्ने गरी राजपंत्राकिंत क्षेणीका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ जना राजपत्राकिंत पदहरुको अस्थायी दरबन्दी र शहरी विकास मन्त्रालयले ३८० जना गरी कूल ५८४ जना अस्थायी दरबन्दीको स्वीकृत गरेको हो । 

त्यसै गरि मन्त्रिपरिषदको बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक पूर्नरावलोकन गर्न पूर्व मुख्य सचिव लिलामणी पौड्यालको संयोजकत्वमा उच्च स्तरिय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले राजपत्राकिंत प्रथम श्रेणीका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपंत्राकित विशिष्ठ क्षेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापना गर्ने लगायतका १६ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस