काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।
माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश