डोटी । डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका अन्य नेताले जनाएका छन् ।
नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई बिना कारण गिरफ्तार गरिएको बताए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।
नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो । सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह