डोटी । डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको सो पार्टीका अन्य नेताले जनाएका छन् ।
नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई बिना कारण गिरफ्तार गरिएको बताए । आफूहरुको बन्दको पूर्व घोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।
नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो । सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत माग राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव