काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य अर्याललाई उपसभापति चयन गरिएको हो ।
यस्तै हाल प्रवक्ता रहेका डा मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरिएको छ । यस्तै आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको ढकालले जानकारी दिए ।
बैठकले आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्याहरु समाधानमा सहयोग गर्ने, सामाजिक कार्यमा सहकार्य गर्ने र बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा