काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य अर्याललाई उपसभापति चयन गरिएको हो ।
यस्तै हाल प्रवक्ता रहेका डा मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरिएको छ । यस्तै आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको ढकालले जानकारी दिए ।
बैठकले आम नेपाली जनताले दैनिक जीवनमा सामना गर्नु परिरहेका समस्याहरु समाधानमा सहयोग गर्ने, सामाजिक कार्यमा सहकार्य गर्ने र बेथिति विरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य अधिवक्ता सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा