भुवन केसीको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १५ : २४
भुवन केसीको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिलाई खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुन सकेन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । सोमबार यो मुद्दा न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको थियो । निवेदकतर्फका कानून व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति केहीपछि जानकारी दिने बताए ।

नरेशकुमार पौड्यालसहित पाँचजना अध्यक्षका अन्य उम्मेदवारले गत साउन ३० गते मन्त्रिपरिषद् कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् ।

गत साता पनि अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । ढुंगाना र रेग्मीको संयुक्त इजलासको मुद्दाको रोल नम्बर ‘ल’ अर्थात पुछारमा यो मुद्दा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस