नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १२ : १८
नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बीच सम्झौता गरिनेछ । 

बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजानेगरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ । 
बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तर्गत स्वास्थ्य संस्थाहरूमा काम गर्नका लागि नेपाली नर्स लैजाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालबाट जी टु जी मार्फत नेपाली कामदार पहिलोपटक बेलायत जान लागेका हुन् । गत वर्षको माघमा भएको दुई देशका अधिकारीहरू बीचको छलफलमा १० हजार नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस