गुल्मी । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । पार्टी प्रशिक्षणका क्रममा गुल्मी आएका नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए । उनले आफू सधैँ वाम एकताको पक्षमा रहेको समेत बताएका छन् । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन्,’ उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नु पर्छ ।’
नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताएका छन् । उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनले बताए । युवाले पद मात्रै खोज्न बल गरेर नहुने भन्दै उनले आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफै विस्थापित हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल