गुल्मी । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । पार्टी प्रशिक्षणका क्रममा गुल्मी आएका नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए । उनले आफू सधैँ वाम एकताको पक्षमा रहेको समेत बताएका छन् । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन्,’ उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नु पर्छ ।’
नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताएका छन् । उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनले बताए । युवाले पद मात्रै खोज्न बल गरेर नहुने भन्दै उनले आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफै विस्थापित हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी