काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेट भएको छ।
उनीहरुबीच आगामी मंसिरमा हुने निर्वाचनका विषयमा छलफल भएको स्रोतले बतायो । मंसिर हुने निर्वाचनमा निर्वाचन अधिकृत र न्याय सेवाका कर्मचारीहरुको मागका विषयमा कुराकानी भएको छ। कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न थपलिया सर्वोच्च पुगेका हुन् ।
आयोगले जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाउने गरेको छ। त्यस्तै न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीहरुलाई पनि निर्वाचनमा खटाउने गरेको छ। उक्त निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा सहजीकरणका लागि प्रमुख आयुक्तले प्रस्ताव गरेका थिए ।
प्रधानन्यायाधीश न्याय सेवा आयोगको पनि अध्यक्ष भएको र न्याय सेवा आयोगले कर्मचारी खटाउने भएकाले उनीसँग भएको भेट नियमित रहेको निर्वाचन आयोगले जनाएको छ।
हिमालयन होटलमा पत्रकारसँगको अन्तरक्रिया उद्घाटन गरेर प्रमुख आयुक्त थपलिया सर्वोच्च पुगेका थिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था पनि चुनौतीपूर्ण रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै