कामु प्रधानन्यायाधीश कार्की र  प्रमुख आयुक्त थपलियाबीच भेट, के भयो वार्तालाप ?

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ११ : २२
कामु प्रधानन्यायाधीश कार्की र  प्रमुख आयुक्त थपलियाबीच भेट, के भयो वार्तालाप ?

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेट भएको छ। 

उनीहरुबीच आगामी मंसिरमा हुने निर्वाचनका  विषयमा छलफल भएको स्रोतले बतायो । मंसिर हुने निर्वाचनमा निर्वाचन अधिकृत र  न्याय सेवाका कर्मचारीहरुको मागका विषयमा कुराकानी भएको छ। कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न थपलिया सर्वोच्च पुगेका हुन् । 

आयोगले जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाउने  गरेको छ। त्यस्तै न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीहरुलाई पनि निर्वाचनमा खटाउने गरेको छ। उक्त निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा सहजीकरणका लागि प्रमुख आयुक्तले प्रस्ताव गरेका थिए । 

प्रधानन्यायाधीश न्याय सेवा आयोगको पनि अध्यक्ष भएको र न्याय सेवा आयोगले कर्मचारी खटाउने भएकाले उनीसँग भएको भेट नियमित रहेको निर्वाचन आयोगले जनाएको छ। 

हिमालयन होटलमा पत्रकारसँगको अन्तरक्रिया उद्घाटन गरेर प्रमुख आयुक्त थपलिया सर्वोच्च पुगेका थिए ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने भएकाले त्यसका लागि  आवश्यक जनशक्तिको व्यवस्था पनि चुनौतीपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस