काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्।
लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो। भाइपर्सले सन्दीपसँगै इङ्ल्याण्डका ६ जना, वेष्टइन्डिजका २ जना, श्रीलंका, पाकिस्तान, न्युजिल्याण्ड र नामिबियाका १-१ जना खेलाडीलाई अनुबन्ध गरेको छ।
टोली युवा र अनुभवी खेलाडीहरूले भरिएको छ। यस्तै टम मुडीलाई क्रिकेट निर्देशकको रूपमा र जेम्स फोस्टरलाई डेजर्ट भाइपर्स टोलीका लागि मुख्य प्रशिक्षकको रूपमा भित्र्याएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए