टेलिकमले सार्वजनिक गर्यो : 'इन्डिया भ्वाइस प्याक"

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ०९ : ०६
टेलिकमले सार्वजनिक गर्यो : 'इन्डिया भ्वाइस प्याक"

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि टेलिकमले सो प्याक सार्वजनिक गरेको हो । 

यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ । 

त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी ७  नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस