आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ५३
आजको मौसम : यि प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। आज देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ।बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस