सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ३१
सत्ता गठबन्धनको बैठक आज फेरि बस्दै

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटलगायतबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुक्रबार पुनः बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा तालमेलको मोडालिटी र सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । यस्तै कार्यदलमा भएको प्रगतिका विषयमा पनि समीक्षा हुनेछ । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलको बुधवार बैठक बसेको थियो । कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँट गर्ने बारेमा सहमति जुटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस