सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटका विषयमा छलफल

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ०८ : ३७
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटका विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तय भएको छ । सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरूले गठन गरेको कार्यादलले खाका तयार  पार्न नसकेपछि शीर्ष नेताहरूले नै यसबारे छलफल गर्न लागेका हुन् । 

कार्यदलको मंगलबारको बैठकमा शीर्ष नेताहरूसँग छलफल गर्ने सहमति भएको थियो ।  आजको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरूलाई जानकारी गराउने छन् ।

प्रतिक्रिया दिनुहोस