काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौँ– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौँमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ