वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १२ : ४०
वाइसिएल राष्ट्रिय भेलाको तयारी पुरा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल योङ कम्युनिस्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नीति र नेतृत्व चयन गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने भएको हो ।

आगामी शुक्रबार (भदौ ३ गते) हान ११ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेलाको उद्घाटन गर्ने वाइसिएल प्रचार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘वाइसिएलको भदौ ३ र ४ गते हुने दोस्रो भेलाको सम्पूर्ण तयारी पुरा भइसक्यो । देशैभरबाट साढे ७ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित हुनेछ’ ओलीले भने, ‘राष्ट्रिय भेलाबाट नयाँ नीति र नयाँ नेतृत्व चयन गर्नेछौ ।’

नयाँ नेतृत्वको रुपमा हालका सहसंयोजक सुवोध श्रीपाली अध्यक्ष हुने भएका छन् । अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन हुने भएका छन् । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने भएको छ । यदि सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नयाँ नेतृत्वको रुपमा श्रीपाली आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस