चितवन । योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आज चितवनको भरतपुर महानगरमा वृहत् सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत आज बृहत सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम भएको हो ।
महानगरपालिकाको नारायणगढ क्षेत्रमा अभियान अन्तर्गत कार्यक्रम गरिएको वाइसिएलले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिकाको तर्फबाट सरसफाइ तथा हरियाली प्रवर्द्धनमा सहयोग गरेकामा वाइसिएललाई धन्यवाद दिईन् । वाइसिएल चितवनले अन्य ठाउँमा पनि यस्तै अभियान थाल्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्ध शब्दमा अंकुश लगाउने बिरोधमा वाइसिएलले निकाल्यो मसाल जुलुस