काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन आज साँझ ५ बजेसम्म रहेकोमा ७६ आयोगमा दर्ता भएका हुन् ।
आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ७६ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् ।
निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै