नेपालगञ्ज । लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्।
यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी श्रीमतीलाई प्रमुखमा उम्मेदवार बनाएको थियो।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीलगायतका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहँदा एमालेले आन्तरिक प्रशिक्षण गरेर नेता तथा कार्यकर्तालाई चलायमान बनाउनुका साथै प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने रणनीति अघि सारेको छ।
खजुरामा आयोजित प्रशिक्षणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवं पार्टी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य