नेपालगञ्ज । लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्।
यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी श्रीमतीलाई प्रमुखमा उम्मेदवार बनाएको थियो।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीलगायतका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहँदा एमालेले आन्तरिक प्रशिक्षण गरेर नेता तथा कार्यकर्तालाई चलायमान बनाउनुका साथै प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने रणनीति अघि सारेको छ।
खजुरामा आयोजित प्रशिक्षणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवं पार्टी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु
लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता