काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको छ ।
गत २८ असारमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । सर्वोच्चले दोस्रोपटक पनि दोषी ठहर गरेपछि उनी थप पुनरावेदनमा जान सक्ने बाटो पनि बन्द भएको छ । शर्माले आफ्नो आम्दानीको आय गणना गलत व्याख्या भएको दाबी गर्दै १२ जेठ २०७२ मा रिट दायर गरेका थिए ।
कृषिजन्य अन्य आय गणना नगरी आफूलाई दोषी ठहर गरेको शर्माको दाबी थियो । उनको मुद्दामा ‘आय गणना’सम्बन्धी नजिर बनेसँगै रोकिएका अन्य मुद्दा सुनुवाइ हुने भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३१ साउन २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सर्वोच्चको तीन इजलासमा भ्रष्टाचारसम्बन्धी ९९ थान मुद्दा पेसीमा
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस