काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा तालमेलसम्बन्धी निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिङ्देनलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएको भन्दै राप्रपाले आफ्नो सम्पूर्ण शक्ति आगामी निर्वाचनमा लगाउने निर्णय गरेको छ।
देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको टड्कारो आवश्यकता हुँदै गइरहेको अवस्थामा निर्वाचनको माध्यमबाट राप्रपालाई आमजनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।
राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने