काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको जानकारी दिएका हुन् ।
यस्तै, विश्व बैंक र जापान सरकारबाट प्राप्त हुने १४ अर्ब ८३ करोड ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । उक्त मन्त्रिपरिषद् बैठकले विभिन्न २४ निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै