मुग्लिन बजार नजिकैबाट त्रिशुलीमा खस्यो ट्रक

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, ०९ : ५३
मुग्लिन बजार नजिकैबाट त्रिशुलीमा खस्यो ट्रक

flle Pic

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एउटा मालवाहक ट्रक त्रिशुली नदीमा खसेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको उक्त स्थानबाट केहि बेर अघि करिब सवा ९ बजेतिर ट्रक खसेको घटनास्थलबाट संचारकर्मी विनोद श्रेष्ठले जानकारी दिएको छ।

उनका अनुसार घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरीहरु पुगिसकेको र उद्दारको काम सुरु भैसकेको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए। ट्रक काठमाण्डौतर्फ इटा बोकेर जादै गरेको प्रहरीले अनुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस